राजनीति

प्रधानमन्त्री देउवा र एमाले नेता नेपालबीच भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधवार साँझ कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुग्नुभएको हो ।

बुधवारको भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रम साथै सरकार गठनका विषयमा समेत छलफल हुने बताइएको छ । गत सोमवारको सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै मंगलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई नेता नेपालको समेत साथ रहेको छ ।