राजनीति

माधवलाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वर जाँदै


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा जाँदैछन् ।

यी दुई नेता निकट स्रोतका अनुसार अपरान्ह ५ बजे नेता नेपाललाई भेट्न देउवा उनकै निवासमा जान लागेका हुन् । माधव नेपाल समूहका २६ सांसदले समर्थन गरेपछि देउवाले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।