राजनीति

प्रधानमन्त्री देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक


काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् ।

देउवाले बिहीबार २ बजे बस्ने बुढानीलकण्ठस्थित निवासमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा सहभागी हुन पदाधिकारी र पूर्व पदाधिकारीलाई खबर गरिएको छ । बैठकमा नयाँ सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र आसन्न महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ ।