राजनीति

राष्ट्रपतिको तस्वीरमा ‘सेतो पट्टि’ ले किन छोपियो ?


काठमाडौँ – सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयको भित्तामा रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरमा सेतो कागज वा टेपले छोपिएको जस्तो दखिएको छ । जसको ठिक सामुन्ने प्रधानमन्त्री शेरबहादुर देउवा बसेका छन् । राष्ट्रपति भण्डारीको तस्वीर नियालेर हेर्दा आँखा सेतो कागज वा टेपले छोपिएको जस्तो दखिएको छ ।

कतिपयले यसलाई फोटोसप गरिएको भनेका छन् त कतिले राष्ट्रपतिसँगको रिसइबीका कारण सरकारले नै यस्तो हर्कत गरेको आशंका गरेका छन् । यो विषयमा राष्ट्रिय समाचार समितिले भने जस्तो फोटो खिचिएको थियो त्यस्तै प्रेषित गरेको र फोटोसप नगरिएको बताउछन् ।

सो तस्वीर खिच्ने राससका फोटोपत्रकार रोसन सापकोटाले चाहिँ क्यामराको लाइट राष्ट्रपतिको तस्वीरमा परेकाले सेतो भाग देखिएको दाबी गरेका छन् । त्यही लाइटका कारण राष्ट्रपतिको फोटोमा त्यस्तो देखिएको हो । मन्त्रिपरिषद् कार्यालयका एक सचिवले यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।