राजनीति

माधव नेपाललाई पार्टीमा कुनै स्थान छैन : केपी ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले सम्बोधन गर्दै ओलीले अरु साथीहरुलाई कमजोरी स्वीकार गरेर आए पार्टीमा स्वागत भएपनि नेपाललाई आत्मालोचना, कमिकमजोरी स्वीकार गरे पनि कुनै स्थान नभएको बताउनुभयो ।

त्यस्तै ओलीले माधव नेपाल आफ्नै पार्टीको सरकार ढाल्न अगुवाई गर्ने व्यक्ति भएको बताउनुभयो । पार्टी भित्र विभिन्न तत्वहरुको घुसपैठ भएको र पार्टीकै नेता नेपालको नेतृत्वमा सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ त कहिले अदालत गएको उहाँले बताउनुभयो ।