राजनीति

नारायणकाजी पुगे नेपाल निवास कोटेश्वरमा


काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वर पुगेर भेटवार्ता गरेका छन्।

आज विहान श्रेष्ठ नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। सत्ता गठबन्धनमा रहेको एमालेको असन्तुष्ट समूह गठबन्धनबाट बाहिरिएसँगै नेपाललाई भेट्न प्रवक्ता श्रेष्ठ कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले दुई नेताबीच भेटवार्ता भएको, तर के विषयमा छलफल भयो भन्ने बारेमा जानकारी नभएको बताए।

जनै खटिरो आएको भन्दै केही दिनदेखि घरमै आराम गरिरहेका नेता नेपाल मंगलबार भने प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहणमा सहभागी भए।

एमालेमा एकताको प्रयास जारी नै रहेका बेला नेता नेपाल देउवाको शपथमा सहभागी भएको भन्दै उनको दलबाट चर्को आलोचना भइरहेको छ। देउवाको शपथमा भने निवर्तमान प्रधानमन्त्री ओली भने सहभागी भएनन्।