राजनीति

नवनियुक्त गृहमन्त्री खाँणले सम्हाले कार्यभार


काठमाडौँ – नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । उनले हिजो मंगलबार शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिए पनि कार्यभार भने सम्हालेका थिएनन् ।

बुधबार नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गरेका थिए ।