देश

अमेरिकामा नेपालीले गरे सहकर्मीको हत्या


काठमाडौँ – सोमबार अमेरिकाको न्यु जर्सीस्थित एक नेपालीले आफुसँगै काम गर्ने अर्का सहकर्मीलाई गोली हानी हत्या गरेको छ । हत्या गरेको आरोपमा २४ वर्षीय मिलन घिमिरेलाई पुलिसले पक्राउ गरेको छ ।

सोमबार राति स्थानीय समय अनुसार ९ बजे भएको उक्त घटनापछि प्रहरी पुग्दा ५६ वर्षीय फु सेवाङ नामक व्यक्तिलाई मृत अवस्थामा फेला पारेको थियो । उनको शरीरभरि थुप्रै गोलीको निशान रहेको बताइएको छ । यसपछि अनुसन्धानका क्रममा पुलिसले हत्याका अभियोगी २४ वर्षीय मिलन घिमिरेको पहिचान गरेको हो । घिमिरे सेवाङसँगै एक ग्यास स्टेसनमा काम गर्थे । उनलाई न्यु योर्क पुलिस विभागले हिरासतमा लिएको छ । अधिकारीहरुका अनुसार घिमिरेले नै सेवाङको गोली हानेर हत्या गरेको अनुसन्धानमा खुलासा भएको हो ।

यस्तोमा घिमिरेमाथि अहिले ‘फस्र्ट डिग्री मर्डर’ सहित अवैध हतियार बोकेको र प्रमाण हेरफेर समेतको मुद्दा लागेको छ । हाल उनलाई न्युयोर्क सिटीमा कारबाही सम्बन्धी फैसला अघि बढाउन राखिएको छ ।