राजनीति

सुर्य थापाको नेपालप्रति कटाक्ष, गद्दारी भन्दै २३ सांसदको नाम सार्वजनिक


काठमाडौँ – निवर्तामान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार रहेका सुर्य थापाले नेकपा एमालेका नेता माधव कुमार नेपालप्रति कटाक्ष गरेका छन् । थापाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हात मिलाएर बधाई दिएको फोटो ट्विटर पोष्ट गर्दै त्यसको आलोचना गरेका हुन् ।

थापाले देउवाको बैशाखी बनेको र प्रधानमन्त्री हुँदाको क्षण नेपालका लागि हर्षविभोरको भए बताएका छन् । साथै उनले त्यो हलो ताछी मुङ्ग्रो बनाएजस्तै भएको टिप्पणी गरेका छन् । उनले त्यसका साथै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २३ सांसदलाई गद्दारीको ट्याग पनि लगाउन भ्याए । हस्ताक्षर गर्ने २३ सांसदको नाम सार्वजनिक गर्दै उनीहरूको गद्दारीको परिणाम भएको उल्लेख गरेका छन् ।

‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको वैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधव कु.नेपालको निम्ती त यो हर्षविभोर क्षण होला ! जनादेशविपरीत परमादेशबाट श्री शेबदेको प्रममा नियुक्ति “हलो ताछी मुङ्ग्रो बनाएजस्तै” हो । यिनै २३ को गद्दारीको परिणाम त हो,’ थापाले लेखेका छन् ।