राजनीति

निवर्तमान प्रधानमन्त्री ओली आज बालकोट सर्ने


काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी ओली आजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्नुहुने भएको छ । ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओली आज बालकोट सर्न लाग्नुभएको हो ।

२०७४ साल फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सर्नुभएको थियो । सर्वोच्च अदालतको परमादेश अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले सरकारी निवास छाड्न लाग्नुभएको हो । ओलीलाई युवा संघ नेपालले करिब २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टिङ गर्ने तयारी गरेको छ । ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल र खेलकुद महासंघले आफ्ना कार्यकर्तालाई साढे १० बजे बालुवाटारमा भेला हुन आह्वान गरेका छन् ।