राजनीति

चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने देउवा सरकारको पहिलो निर्णय


काठमाडौँ – शेरबहादुर देउवा नेतृत्वको सरकारको सरकारले सबै नागरिकलाई चैत मसान्तभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री र चार मन्त्रीले सपथ लिएकै दिन बसेको पाँच सदस्यीय मन्त्रिपरिषदको बैठकले असोज मसान्तसम्म एक तिहाई र चैत मसान्तसम्म खोपलगाउन योग्य सबै नेपालीलाई खोप लगाउने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले कोरोनाविरुद्ध अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । साथै, कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने निर्णय पनि गरेको छ ।