राजनीति

देउवालाई पहिलो बधाई अमेरिकाबाट


काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत यान्डी बेरीले शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् ।

नेपालमा रहेको कूटनीतिक नियोगका प्रमुखहरुमध्ये अमेरिकी राजदूतले सबैभन्दा पहिले देउवालाई बधाई दिएका हुन् ।

‘शेरबहादुर देउवा नेपालको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनभएमा बधाई तथा शुभकामना ! ’ अमेरिकी राजदूतले लेखेका छन्, ‘करिब ७५ वर्षको मित्रता सरकारदेखि नेपाली जनतासम्म सबै क्षेत्रमम विस्तार गर्न प्रतीक्षारत छौँ ।’