राजनीति

ज्वाला संग्रौलासहित चार जना २३ दिनपछि रिहा


काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने चार जना २३ दिन हिरासत बसाइपछि रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँले मंगलबार उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्वाला भनिने टीका संग्रौला, शर्मिला वाइवा भनिने शर्मिला राई, यमबहादुर खड्का र हिमाल प्रसाद उपाध्यायलाई कुनै मुद्दामा धरौटी र कुनैमा साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।