राजनीति

कांग्रेसको तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँण मन्त्री बन्दै


काठमाडौँ – नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन जनालाई मन्त्री बनाउने निर्णय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणलाई मन्त्रीमा नियुक्ति गर्नुभएको छ ।

आज साँझ तीनै जनाले शपथ लिने भएका हुन् । प्रधानमन्त्रीसहित मन्त्रीहरुको अहिले साँझ ६ बजे शपथ कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।