राजनीति

मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने जसपाको निर्णय


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा जनता समाजवादी पार्टी (जसपा)ले आज (मंगलबार) मन्त्रीको नाम नपठाउने भएको छ । जसपाको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो ।

जसपाले देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने र मन्त्रालय टुंगिएपछि सरकारमा सहभागी हुने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिनुभयो । साथे बैठकले पाँच दलीय गठबन्धनलाई संसदको पूर्ण कालसम्म टिकाउन अहम् भूमिका खेल्ने निर्णय गरेको छ ।