राजनीति

महेश बस्नेत भने : दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गरी ओलीलाई बालकोट पुर्‍याउँछौं


काठमाडौँ – एमाले युवा संघका इञ्चार्ज तथा सांसद महेश बस्नेत नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दीको प्रतिरोध गर्न युथफोर्स ब्युँताइएको बताउनु भएको छ ।

युवा संघको मंगलबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताएको हो ।

युथ फोर्सको उपप्रमुखमा पुष्पराज श्रेष्ठ तोकिएका छन् । महेश बस्नेतका अनुसार अहिले एमालेलाई बौद्धिक अराजकतावादी तथा विपक्षी गठबन्धनका नाममा घेराबन्दी गरिएको छ, त्यसको प्रतिरोध युथ फोर्सले गर्ने बताउनु भएको छ । ‘पार्टीको विचार, नीति तथा कार्यक्रमलाई प्रचारप्रसार गर्दै, साइबर सेनाले सामाजिक सञ्जालमा गरिरहेको कार्यक्रमलाई परिस्कृत गर्दै युथफोर्स अन्य गतिविधिमा संलग्न हुने छ,’ ।

बस्नेतका अनुसार प्रधानमन्त्री केपी ओलीलाई बुधबार बालुवाटारदेखि बालकोटसम्म दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गर्ने कार्यक्रम रहेको बताउनुभयो ।