राजनीति

यी हुन् कांग्रेसका सम्भावित मन्त्री


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ लिँदैछन् । देउवाले आजै सानो आकारको मन्त्रिपरिष गठन गर्ने तयारी गरेका छन् ।

कांग्रेसका तर्फबाट पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्की, मीनेन्द्र रिजालदेखि गगन थापासम्मको नाम मन्त्री बन्नेको चर्चामा ल्याइएको छ ।

त्यस्तै माओवादी केन्द्रबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, पम्फा भुसाललगायतका नेताको नाम अग्रपंक्तिमा छ ।

मन्त्री छान्न अहिले पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक बसिरहेको छ ।