राजनीति

सर्वोच्च अदालतको फैसला सकारात्मक : नेकपा माओवादी केन्द्र


काठमाडौँ – नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसला सकारात्मक रहेको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता, निरंकुशता र अहंकरवादमाथि यस फैसलाले अंकुश लगाएको माओवादी केन्द्रले एक विज्ञप्तिमार्फत बताएको छ ।

यद्यपि सो पार्टीले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थामा पैदा हुँदै आएका गम्भीर प्रकृतिका संकटको समाधान प्रतिनिधिसभाको पुनःस्थापनाद्वारा हुन नसक्ने पनि बताएको छ ।

पार्टी प्रवक्ता प्रतिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थामा पैदा हुँदै आएका गम्भीर प्रकृतिका सङ्कटको समाधान प्रतिनिधिसभाको पुनःस्थापनाद्वारा हुन सक्दैन । यहाँ प्रश्न कुनै व्यक्ति विशेषका गल्ती कमजोरी वा दोषको मात्र होइन, अपितु समग्र सत्ता र व्यवस्था कै हो ।’