राजनीति

ओलीले भने : जनादेशले होइन, परमादेशले विदा हुनुपर्‍यो


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा भए पनि अदालतको परमादेश शेरबहादुर देउवाका पक्षमा भएको बताउनुभएको छ । मंगलबार ओलीले देशबासीका नाममा सम्बोधन गर्दै भन्नुभयो, ‘जनताको जनादेश त मेरो पक्षमा थियो तर परमादेश शेरबहादुरजीको पक्षमा भयो,’।

सर्वोच्चको परमादेशकै कारण आफूले सरकारबाट बाहिरिन लागेको उहाँले बताउनुभयो । ओलीले सर्वोच्चको फैसला मान्ने पनि बताउनुभयो । आफ्नो नेतृत्वमा विकास, परिवर्तन र रूपान्तरण तथा जनताले राहत महसुस गरेको पनि ओलीको भनाइ छ । साथै ओलीले कोरोनाविरूद्ध जनतालाई खोप दिइएको बताउनुभयो ।