राजनीति

अदालतले संविधान नै संशोधन गर्यो : निवर्तमान प्रधानमन्त्री ओली (भिडियोसहित)


काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको सोमबारको फैसलाले संविधान संशोधन गरेको बताउनु भएको छ ।
सिंहदरबार छाड्नुअघि विदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलाले शक्ति सन्तुलन सिद्धान्तमाथि प्रहार भएको बताउनु भएको हो ।

ओलीले, ‘अत्यधिक न्यायिक प्रक्रियामा अघि बढेर कहिलेकाहीँ मागै नगरेको विषयमा हात हालेको छ ।’

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् । तर सिंहदरबार छाड्नुअघि ओलीले देशबासीको नाममा सम्बोधन गरेका छन् ।