राजनीति

माओवादीबाट पम्फा भुसाल, देव गुरुङ र जनार्दन शर्मा मन्त्री हुने तयारी


काठमाडौँ – नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम टुंग्गो लगाएको छ । सिंहदरबारमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्री हुनेको नाम टुंगो लागेको हो । सिंहदरबारमा देउवासँग भेटमा प्रचण्डले आफ्नो पार्टीबाट तीन नेताको नाम मन्त्रीमण्डलका लागि दिनुभएको एक स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार पम्फा भुसाल, देव गुरुङ र जनार्दन शर्माको नाम दिइएको छ । प्रचण्डले तीन नाम दिए पनि आज पम्फा भुसाललाई मात्र मन्त्री पदको सपथ खुवाउन सकिने सम्भावना बढेको छ । देउवाले आज सानो मन्त्रिपरिषद् बनाउने भएकाले एक जनालाई मात्र सपथ खुवाउने तयारी गर्नुभएको छ ।