राजनीति

जसपा कार्यकारिणी समितिको बैठक सुरु


काठमाडौँ सरकारमा सहभागिताको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर काठमाडौँमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी छन् ।