राजनीति

निवर्तमान प्रधानमन्त्री ओली भोलिमात्रै बालुवाटार छाड्ने


काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बुधबार बिहान मात्रै छाड्ने भएका छन् ।

यसअघि प्रधानमन्त्री ओली मंगलबार नै भक्तपुरको बालकोटस्थित निवास सर्ने समाचारहरु आएका थिए ।

‘यो अचानकको अवस्थामा हो । तयारी नपुगेको कारण भोली बिहान ११ बजेमा मात्रै निवास सर्नुहुनेछु , प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले भने, ‘आज दिउँसो उहाँले देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।’

सम्बोधनको कारण प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आजका लागि आह्वान गरेको केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक समेत स्थगित गरिएको एमालेले जनाएको छ ।