राजनीति

देउवा र प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उहाँहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो । देउवासँग छलफल गरेर प्रचण्ड सिंहदरबारबाट बाहिरिनुभएको छ ।

भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल भएको स्रोतले बतायो । सोमबार बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कांग्रेस सभापति देउवासँग छलफल गरेर मात्रै पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको थियो ।

देउवा र प्रचण्डबीच सरकारमा सहभागी हुने दल, उनीहरुले पाउने मन्त्रालय लगायतका विषय टुंगो लागेपछि आफ्नो पार्टीबाट मन्त्रीको नाम तय गर्ने तयारी छ ।