राजनीति

नयाँ बन्ने मन्त्रिमण्डलमा कांग्रेसबाट एक जनालाई सहभागी गराउने देउवाको प्रस्ताव


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार गठन कसरी गर्ने भन्नेबारेमा छलफल अघि बढाउनु भएको छ । देउवाले बिहानबाटै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि यसबारे छलफल गर्न बुढानिलकण्ठ पुग्नुभएको छ । माओवादीको स्थायी कमिटि सकिनासाथ प्रचण्ड बुढानिलकण्ठ पुग्नुभएको हो ।

नयाँ बन्ने मन्त्रिमण्डलमा कांग्रेसबाट एक जनालाई सहभागी गराउने देउवाले प्रस्ताव गर्नुभएको छ । देउवाले सबै पार्टीबाट एक एक जना सहभागी गराउने प्रस्ताव राख्नुभएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो। उहाँका अनुसार शुरुमा तीन जनाको मन्त्रिमण्डल बनाउने तयारीमा देउवा लाग्नुभएको छ ।