विदेश

इराकको एक अस्पतालको कोरोना वार्डमा आगलागी हुँदा ५० भन्दा बढीको मृत्यु


काठमाडौँ – इराकको एक अस्पतालको कोरोना भाइरस आइसोलेसन वार्डमा आगलागी हुँदा ५० भन्दा बढी मानिसको मृत्यु भएको छ।

बीबीसीका अनुसार सोमबार राति नासिरियाको अल–हुसेन अस्पतालमा आगलागी हुनुको कारण खुल्न सकेको छैन तर अक्सिजन ट्यांक पड्किएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

यो घटनासँगै प्रधानमन्त्री मुस्ताफा अल–कादेमीले अस्पतालका प्रमुखलाई गिरफ्तार गर्न आदेश दिएका छन्। आगलागीको घटनापछि मृतकका आफन्तले यतिबेला अस्पताल प्रशासनविरुद्ध आन्दोलन गरिरहेका छन्।