राजनीति

देउवासँग छलफलपछि सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने माओवादी केन्द्रको निर्णय



काठमाडौँ – नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ ।

त्यसका लागि देउवासँग अध्यक्ष प्रचण्डले छलफल गर्ने बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने परमादेश दिने सर्वोच्च अदालतलाई धन्यवाद पनि दिएको छ । त्यसैगरी गठबन्धन सरकार सञ्चालनका विधि र प्रक्रियाबारे काँग्रेससँग थप छलफल गर्ने निर्णय समेत भएको छ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।