राजनीति

नेकपा एमालेले स्थायी कमिटी बैठक स्थगित


काठमाडौँ – नेकपा एमालेले स्थायी कमिटी बैठक स्थगित गरेको छ। आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकोले स्थायी कमिटी स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।