राजनीति

सर्वोच्चको फैसलाविरुद्ध ओली समर्थकले देशभर आन्दोलन गर्ने



काठमाडौँ – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समर्थकले आजबाट देशभर विरोध प्रदर्शन गर्ने भएका छन् । सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनस्र्थापना गरेपछि ओली समर्थकले देशभर आन्दोलन गर्ने योजना बनाएका हुन् ।

अदालतको फैसलालाई ओली समर्थकले निर्दलीय व्यवस्थामा नेपाललाई लैजान खोजिएको आरोेप लगाएका छन् । अदालतको फैसला असंवैधानिक भन्दै ओली समर्थकले सोमबार नै काठमाडौंमा विरोध प्रदर्शन गरेका थिए ।

नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले देशभर आन्दोलन गर्न आफ्ना मातहतका कमिटीहरुलाई निर्देशन दिइसकेको छ । उसले अदालतको फैसला कुनै सेटिङबाट प्रभावित भएको हुनसक्ने आरोप लगाएको छ ।

त्यस्तै, युवा संघ नेपालले पनि आजबाट देशभर विरोध प्रदर्शन गर्ने तय गरेको छ ।