राजनीति

सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा नेपाली कांग्रेसभित्र आन्तरिक छलफल



काठमाडौँ – सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुने भएपछि सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा नेपाली कांग्रेसभित्र आन्तरिक छलफल सुरु भएको छ । देउवाले आज साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ ।

आज सहभागी गराउने मन्त्रीबारे देउवाले निकटस्थ नेताहरुसँग छलफल गरेका छन् । बुढानिलकण्ठ स्रोतका अनुसार सभापति देउवाले माओवादी र कांग्रेसका २–२ जनालाई आज मन्त्रिपरिषदमा समेट्न चाहनुभएको छ । जसपा र राष्ट्रिय जनमोर्चा तयार भए ती दुवै दलका थप १–१ जना मन्त्रिपरिषदमा समेटिनेछन् ।

कांग्रेसभित्र आजै मन्त्रिपरिषदमा समावेश हुनेमा बालकृष्ण खाँड र डा.मिनेन्द्र रिजालको नाम चर्चामा छ । खाँड अहिले कांग्रेसको मुख्य सचेतक हुनुन्छ ।
देउवा निवास बुढानिलकण्ठमा अहिले नेताहरुबीच छलफल भइरहेको छ ।

कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भूषाल लगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ । देउवालाई बधाई दिन र मन्त्रीको सम्भावित नामबारे छलफल गर्न महामन्त्री डा.शशांक कोइराला अहिले बुढानिलकण्ठ पुग्नुभएको छ ।