राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौँ – माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षासमेत भइरहेको छ ।

स्रोतका अनुसार आज माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने सम्भावना छ । माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाललगायतका नेताको नाम अग्रपंक्तिमा छ । पौडेल अहिलेसम्म मन्त्री बन्न नपाएका माओवादीका सिनियर नेता हुन् ।

बैठकमा सामान्य छलफल भए पनि कसलाई सपथग्रहणमा पठाउने भन्ने निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिने सम्भावना रहेको छ ।