समाचार

प्रहरी जवानको लिखित परीक्षा सार्वजनिक


काठमाडौँ – लोक सेवा आयोगले नेपाल प्रहरीको प्रहरी जवानको लिखित परीक्षा सार्वजनिक गरेको छ । लिखित परीक्षामा ३६ हजार ७ सय २२ जना सहभागी भएकोमा सात हजार तीन सय २४ जना उत्तीर्ण भएका छन् । आयोगले २०७७ फागुनमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

देशभरबाट सहभागी भएका उम्मेदवारहरूको अन्तर्वार्ता साउन ७ गतेदेखि सम्बन्धित परीक्षा केन्द्रहरूमा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्तर्वार्ता परीक्षा केन्द्रहरू प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर,, राजविराज सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज मा सञ्चालन हुने छ ।

अन्तर्वार्ताको परीक्षा तालिका यहीँ ३० गते नेपाल प्रहरीको वेभसाइट तथा फेसबुक पेजमा प्रकाशन हुने बताइएको छ ।