समाचार

आज देखि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव उच्च रहेकाले आज दिउँसो सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर(पश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

मौसमी बादल आकाशमा देखिए पनि मंगलबार बिहान काठमाडौंको मौसम भने अपेक्षित सफा देखिएको छ । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मंगलबारको विज्ञप्तिमा जनाइएको छ।