समाचार

ट्याक्सीको झ्यालबाट फोहर फाल्ने यात्रुलाई फ्याँकिदिए ड्राइभरले


काठमाडौँ – रुसमा एक ट्याक्सी चालकले वातावरण संरक्षणका लागि प्रतिबद्धता जनाउँदै फोहर फाल्ने यात्रुलाई समातेर ट्याक्सीबाट फालिदिएका छन् ।

उक्त ट्याक्सीको पछाडि गुडिरहेको कारको ड्याशबोर्ड क्यामराले यो अनौठो दृश्य रेकर्ड गरेको हो ।बीएमडब्ल्यू ट्याक्सीका यात्रुले हेलैले एउटा बोतल झ्यालबाट फ्याँकेको थिए । सेन्ट पिटर्सबर्गमा ट्राफिकमा रोकिएको बेलामा घटना भएको हो ।

फोहर फ्याँकिएपछि चालकले तत्कालै ट्याक्सी रोक्छन् र बाहिर निस्कन्छन् । अनि पछाडिको कारतिर हात हल्लाएर माफी माग्छन् । उनले सडक छेउबाछ बोतल उठाउँछन् अनि यात्रुतर्फको ढोका खोल्छन् । त्यसपछि उनले यात्रुको घाँटी र पाइन्ट समातेर ट्याक्सीबाट बाहिर निकालेको छ ।