राजनीति

साँझ ५ बजे प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने देउवाको तयारी



काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदै हुनुन्छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि देउवा आज साँझ ५ बजे प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्न लाग्नुभएको हो ।

देउवाले केपी शर्मा ओलीविरुद्ध गठबन्धन निर्माण गरेका सबै दललाई समेटेर सरकार बनाउने हुनुभएको छ। सोमबार कोटेश्वरमा गठबन्धन बैठकले देउवाले सर्वोच्चको आदेश बमोजिम आज नै शपथ ग्रहण गर्ने र शपथका बेला सबै दलका नेतालाई समेटेर सानो आकारको मन्त्रिपरिषद् बनाउने सहमति गरेको बैठकमा सहभागी कांग्रेसले जनाएको छ।