राजनीति

ओलीले देउवालाई रोक्न सक्छन् ? माधवले देउवालाई साथ नदिए बहुमत नपुग्ने (भिडियोसहित)


काठमाडौँ – सर्वाेच्चले प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको छ । अदालतको फैसलामा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि जारी गरिएको छ । तर प्रधानमन्त्रीमा देउवाले बहुमत पु¥याउन सक्लान् त ? भन्ने प्रश्न अह्म बनेको छ ।

सर्वाेच्च अदालतले गत जेठ ७गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनलाई उल्ट्याएर सोमबार पुनःस्थापना गरिदिएसंगै केही मुल प्रश्नहरुले जवाफ खोजिरहेका छन् । सर्वाेच्चले विघटित प्रतिनिधिसभा पुनःस्थापनामात्रै गरेर दलहरुलाई बहुमत पु¥याउन र सरकार बनाउन बाटो खुल्ला गरेको भए, संसद्मार्फत बहुमत परीक्षण गरेर शेरबहादुर देउवा वा केपी शर्मा ओली प्रधानमन्त्री हुने थिए । तर अदालतको फैसलाले देउवालाई २४ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश नै दिएपछि देउवा सिधैं प्रधानमन्त्रीमा बन्न पाउने भएका छन् ।

फैसला अनुसार मंगलबार साँझसम्म देउवा प्रधानमन्त्री भइसक्नेछन् । तर ३० दिनभित्र बहुमत पु¥याउन नसके देउवा कामचलाउमा परिणत हुनेछन्।बहुमत पु¥याउनका लागि देउवालाई राष्ट्रपति कार्यालयमा पेश भएका १४९ वा सर्वाेच्चको रिटमा हस्ताक्षर गरेका १४६ सांसद मध्ये १३६ सांसद्को समर्थन चाहिनेछ । यसका लागि एमालेको माधव पक्ष र जसपाको उपेन्द्र यादव पक्षको साथ अनिवार्य चाहिनेछ ।

यसअघि माधवकुमार नेपाल पक्षका २६ सांसदहरुले देउवालाई समर्थन गरेका थिए । नेपाल पक्षको समर्थन फिर्ता भएमा मुलुक स्वतः निर्वाचनमा जानेछ । तर ओली र जसपाको पूर्व राजपाबाहेकका दलले आगामी दुई वर्ष राम्रोसँग सरकार सञ्चालन गरी ताजा जनादेशका लागि चुनावमा जाने ल्याकत राखे भने ओलीलाई विरोध गर्नु र उनको सरकार ढाल्नुको औचित्य पुष्टि हुनेछ । तथापी नयाँ सरकारले पनि बीचमै चुनावको नारा लगाउन थाल्यो भने बुझ्नु पर्नेछ – भष्मासूरका नयाँ अवतारहरुको हातमा राजनीति पुगेछ ।

यसअघि प्रतिनिधिसभा पुनःस्थापना हुने अदालतको सम्भावित फैसला बुझेरै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षसंग सहमति गर्न कार्यदल ब्यूँताएर एकता प्रयास थालेका थिए । जुन कार्यदलले आइतबार बेलुका १० बुँदे सहमति गरेर एमाले विवाद समाधान भएको जनाएको थियो । तर कार्यदलको सहमतिमाथि नै नेता नेपालले असन्तुष्टि जनाउनु र सोमबार अदालतको फैसलापछि विपक्षी गठबन्धनको बैठक आफ्नै निवासमा राख्नुले एमाले एकता भएको देखिदैन ।

यसर्थ माधव पक्षको साथ देउवालाई हुने सोझो अनुमान लगाउन सकिन्छ । तर राजनीति न हो, कदमकदाचित देउवालाई माधवको साथ भएन भने ? भन्ने प्रश्न पनि छ । यद्यपी माधव नेपाल पक्षको अबको कदमले नै राजनीतिलाई डो¥याउने छ ।

यसबाहेक आगामी दुईवर्षसम्म दलहरुले देउवालाई नै प्रधानमन्त्री हुन दिइरहलान् ?भन्ने अर्काे प्रश्न पनि छ । किनकि देउवा धारा ७६ बाट बन्न सक्ने विभिन्न विकल्प मध्ये अन्तिम विकल्पका प्रधानमन्त्री हुन् । उनी नेतृत्वको सरकार ढलेपछि फेरि अर्को सरकार गठन गर्न सम्भव हुनेछैन भने मुलुक निर्वाचनमा जानेछ ।