राजनीति

विपक्षी गठबन्धनको बैठक सकियो


काठमाडौँ – कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै जाने बैठकले निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

बैठकले अदालतको फैसलामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । सर्वोच्चले आज प्रतिनिधिसभा पुनर्स्थापना गर्दै दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ। देउवाले गठबन्धनमा छलफल गरेरै अगाडि बढ्ने बताइसकेका छन् ।