राजनीति

गाउँका पुख्र्यौली ज्योतिषले देउवाका लागी गरेको भविष्यवाणी बन्यो सत्य



काठमाडौँ –पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले २०७४ सालको प्रतिनिधिसभा चुनावको मुखमा धनगढीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै आफू पुनः दुई पटक प्रधानमन्त्री बन्ने बताउनुभएको थियो ।

उँहाले त्यसोभन्दा सबैले खिल्ली उडाएका थिए । सबैभन्दा मजाक प्रधानमन्त्री केपी शर्मा ओली र उनी निकट नेता तथा कार्यकर्ताले गरेका थिए । तर, नभन्दै आज सर्वोच्च अदालतको आदेश पछि देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

गाउँका पुख्र्यौली ज्योतिषले देउवालाई थप दुई पटक प्रधानमन्त्री बन्ने बताएका थिए । नेपाली काँग्रेसले निर्वाचनमा पराजय भोगे पनि देउवा साढे तीन वर्षपछि प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।

अब देउवा पाँचौं पटक प्रधानमन्त्री बन्दैछन्। ज्योतिषले सात पटकको ग्यारेण्टी दिएका छन् ।