राजनीति

एमाले नेताले मागे अध्यक्षबाट ओलीको राजीनामा


काठमाडौँ – नेकपा एमालेकै नेताहरुले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।

एमाले नेता डा. विजय पौडेलले सामाजिक सञ्जालमार्फत ओलीको राजीनामा माग गरेका हुन् ।

“आदरणीय अध्यक्ष केपी शर्मा ओलीज्यू, आफ्ना प्रतिगामी कदमबारे खुलाखुलस्त आत्मालोचना गर्दै अध्यक्ष पदबाट राजीनामा दिएर पार्टी एकतालाई सुदृढ बनाउनुहोस् । यतिका धेरै अपराध गरिसकेपछि अध्यक्षको पदमा बस्न मिल्दैन । आफ्नो वरिपरि भएका ती गलत तत्वहरुको कुरा नसुन्नुहोस् ।”