राजनीति

राष्ट्रिय सभाको अधिवेशन आकस्मिकरुपमा अन्त्य


काठमाडौँ – सर्वोच्च अदालतको फैसलाआएसंगै सरकारले आकस्मिक रुपमा राष्ट्रिय सभाको अधिवेशन अन्त्यमा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट संसद अन्त्य गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसअनुसार राष्ट्रियसभाको अधिवेशन मध्यराति १२ बजेबाट अन्त्य भएको संसद सचिवालयका एक कर्मचारीले जानकारी दिए । राष्ट्रियसभाको अधिवेशन आकस्मिक रुपमा अन्त्य गरिएको हो ।

कार्यव्यवस्था समितिले मंगलबार पनि बैठक राख्ने निर्णय गरेको थियो । संसदका कतिपय पदाधिकारीहरुले अधिवशेन अन्त्यको विषयमा परामर्श नभएको बताएका छन् ।