राजनीति

यस्तो छ सर्वोच्च अदालतले सुनाएको फैसला ? (पूर्णपाठसहित)


काठमाडौँ – दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । सोमबार सर्वोच्चले फैसला सुनाउँदै रिट निवेदकको माग बमोजिमको आदेश जारी गरेको हो । प्रतिनिधिसभा विघटनको निर्णय संविधान र सर्वोच्च अदालतले गत फागुन ११ गते गरेको फैसलाको मर्मविपरीत रहेको ठहर संवैधानिक इजलासले गरेको छ । रिट निवेदकका तर्फबाट शेरबहादुर देउवासहित १४६ सांसदहरुको माग सम्बोधन गर्दै प्रक्रिया पुर्याएर संविधानको धारा ७६(५) अनुसार २ दिन दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश समेत दिएको छ ।

साउन ३ गतेभित्र सांसदको बैठक बोलाउन पनि आदेश गरिएको छ । संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्रीलाई मत दिएका आधारमा कुनै पनि सांसदलाई दल त्याग सम्बन्धी ऐनका आधारमा कारबाही नगर्नसमेत सर्वोच्च अदालतले आदेश दिएको छ । १६७ पृष्ठ लामो फैसला जारी गर्दै सर्वोच्चले यस्तो निर्णय गरेको हो ।

(पूर्णपाठ)

c