राजनीति

अदालतको फैसला लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण : नारायणकाजी श्रेष्ठ



काठमाडौँ –नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशपछि सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ भनि लेख्नुभएको छ,

साथै प्रवक्ता श्रेष्ठले अदालतको निर्णयको आफूहरूले स्वागत गर्ने पनि बताउनुभएको छ ।