राजनीति

ओलीले तत्कालै राजीनामा दिएर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला गर्नुपर्छ : शम्भु थापा (भिडियोसहित)


काठमाडौँ – वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानले व्यवस्था गरे अनुसार दायित्व पुरा नगर्ने राष्ट्रपतिलाई सर्वोच्च अदालतले दायित्व सिकाएको बताउनुभएको छ

सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता थापाले राष्ट्रपति पदीय हैसियतबाट गिरेकाले त्यो कुरा सर्वोच्चले सिकाइ दिएको बताउनु भएको छ । सर्वोच्चले संविधानको रक्षा गर्दै त्यही विन्दुबाट २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर भनी परमादेश गरेको थापाले बताउनुभयो । उहाँले शेरबहादुर देउवाको प्रस्ताव संविधानको बलमा रहेको र वर्तमान प्रधानमन्त्री संविधानको बलमा नरहेको टिप्पणी पनि गरे ।