राजनीति

सर्वोच्चको परमादेश कार्यान्वयन असम्भव : महेश बस्नेत


काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले दिएको परमादेशको कार्यान्वयन असम्भव रहेको टिप्पणी गेका छन् । अदालतको आदेशले देश राजनीतिक द्वन्द्वमा प्रवेश गरेको बताउँदै उनले आदेश कार्यान्वयन असम्भव रहेको भनेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै बस्नेतले कार्यकर्तालाई माइतीघर मण्डलामा भेला भएर फैसलाको विरोध जनाउन पनि आह्वान गरेका छन् । उनले फैसला ‘असंवैधानिक’ रहेको बताउँदै भनेका छन्, ‘आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन, निर्दलीय शासन व्यवस्था पुन विजारोपण भएको दिन ।’