राजनीति

सर्वोच्च अदालतले ऐतिहासिक दायित्व पूरा गर्‍यो : उपेन्द्र यादव


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसलामार्फत ऐतिहासिक दायित्व पूरा गरेको बताउनुभएको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा आवाज उठाउँदै आएका यादवले सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्र जोगाउने तथा मुलुकलाई निकास दिने काम गरेको बताउनुभयो । यादवले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “सर्वोच्च अदालतले यो फैसला मार्फत ऐतिहासिक दायित्व पूरा गरेको छ ।”

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवसहित १४६ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।