राजनीति

संसद् पुनस्थापना गर्नु संविधानको मर्म विपरीत : पूर्वमहान्यायाधिवक्ता खरेल


काठमाडौँ – सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनस्थापना संविधानको मर्म र भावना विपरीत भएको एमाले नेता तथा पूर्वमहाधिवक्ता खरेलले बताउनु भएको छ । यो फैसलाले व्यक्तिगत कुण्ठालाई संस्थागत गरेको र शक्ति प्रथकीकरणको सिद्धान्तलाई धुलिसात पारेको उहाँको दावी छ ।

सर्वोच्चले सोमबार संसद पुनस्र्थापना गर्नुका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । साथै संविधानको धारा ७६(५) मा अनुसार सरकार गठन प्रक्रियामा सहभागी हुँदा सांसदलाई ह्वीप नलाग्ने फैसला सुनाएको छ