देश

सहमतिमा संयुक्त सरकार पनि बन्न सक्छ : घनश्याम भुसाल


काठमाडौँ – नेकपा एमालेका नेता घनश्याम भुसालले सर्वोच्च अदालतको फैसलाले संसद् र संविधान जोगिएको बताएका छन् ।

सर्वोच्चले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ ।

‘पटकपटक संसद् विघटन गर्नु एमालेको गल्ती थियो । अब गल्ती नदोहोर्‍याउने प्रतिवद्धता गर्नुछ’, भुसालले भने । संसद् र संविधान रक्षा गर्नु महत्वपूर्ण भएकाले गम्भीर बनेर थप निर्णय गरिने उनले बताए । ‘हाम्रो मुलुकको स्वतन्त्रतता, स्वाधीनता र हाम्रो आन्दोलन जोगाउन संविधानको रक्षा जरुरी छ’ ।