राजनीति

सर्वोच्च अदालतको निर्णय मान्दैनौ: महेश बस्नेत


काठमाडौँ – एमाले युवा नेता महेश बस्नेतले सर्वोच्च अदालतको निर्णय नमानिने बताउनुभएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला सोमबार अदालतले गरेपछि बस्नेतले यस्तो बताउनुभएको हो । बस्नेतले अदालतको विरूद्धमा आन्दोलन गर्नुपर्ने २०५२ सालको अवस्थामा फर्किनु परेको बताउनुभएको छ।

प्रधानमन्त्री नियुक्त गर्ने कुरा अदालतको नभएर राष्ट्रपतिको भएको बताउदै उहाँले सदनमा बहुमत परीक्षणसम्म गर्नु भनेको भए ठिकै हुने बताउनुभयो। अदालत राजनीतिसँग द्वन्द्वमा आएको बताउँदै बस्नेतले उक्त निर्णयविरूद्ध युवा संघले आन्दोलन सुरू भइसकेको बस्नेतले बताउनुभयो।

युवा संघले विरोध सुरू गरिसकेको छ, अदालतको निर्णय कार्यान्वयन हुँदैन,’ उनले भने, ‘अदालतको निर्णय हाम्रो पङ्तिले स्वीकार गर्दैन।’