राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीको आवेगको निर्णयलाई सर्वोच्चले सच्यायो : प्रवक्ता शर्मा (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेसले सर्वोच्च अदालतले विवेकपूर्ण फैसला गरेको बताएको छ । सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्चको फैसलाले संविधानलाई ट्याकमा ल्याएको बताउनुभयो ।

‘बालुवाटार र शितल निवासले मध्यरातमा आवेगका साथ चालेको कदम विवेकका साथ सर्वोच्चले ट्र्याकमा फर्काएको छ,’ उहाँले भन्नुभयो, ‘संविधान लिकबाहिर धकेलिँदै थियो, सर्वोच्चले लिकमा ल्याइदियो ।’ उहाँले सर्वोच्चको फैसलाबाट कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने मात्र नभई संविधान कै रक्षा भएको पनि बताउनुभएको छ ।