राजनीति

सर्वोच्च अदालतमा गोरु ब्यायो : कमल थापा


काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको बताउनुभएको छ । सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै अध्‍यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गर्नुभएको हो ।

थापाले ट्विटरमा सर्वोच्च अदालतमा आज गोरू व्यायो भन्दै लेख्नुभएको हो। साथै उहाँले राजनीतिक फैसला कार्यान्वयनमा जटिलता हुने र देश अस्थिरतामा फस्ने खतरा रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जेठमा दोस्रो पटक संसद विघटन गरेका थिए ।